Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नियमभन्दा बाहिर गएर हवाइ भाडा वृद्धि गर्न कसैलाई छुट छैन् : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नियमभन्दा बाहिर गएर हवाइ भाडा वृद्धि गर्न कसैलाई छुट नभएको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री किरातीले यस्तो बताएका हुन् ।

उनले निजी कम्पनीहरूलाई सरकारले बढी नियन्त्रण गर्न पनि नसक्ने भन्दै उनले निजी कम्पनीहरु ऐन, कानूनभन्दा बाहिर जान पनि नपाउने बताए ।

यस्तै हवाई भाडालाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज थप गर्नुपर्ने उनको भनाई छ । कानून भन्दा बाहिर गएर हवाइ भाडा वृद्धि गरे कारकाही गरिने मन्त्री किरातीको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077