Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कोशी प्रदेशमा तटस्थ बस्ने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेशमा तटस्थ बस्ने निर्णय गरेको छ ।

आज बसेको पदाधिकारी बैठकले पार्टीको समर्थन कसैलाई पनि आवश्यक नपरेकाले अहिले कसैको पक्ष नलिने निर्णय गरेको हो ।

कोशीमा सत्तारुढ गठबन्धनबाट माओवादीका इन्द्र आङ्बो र एमालेको समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् ।

कांग्रेसका सांसद केदार कार्कीले नेकपा एमालेका ३९ र कांग्रेसका ८ गरी कूल ४७ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेपछि कांग्रेसभित्र तरङ्ग पैदा गरेको छ।

कांग्रेससहित माओवादी, एकीकृत समाजवादी, जसपालगायतले माओवादी संसदीय दल नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय गरेका थिए।

तर यो निर्णय कोशीमा शेखर कोइरालानिकट सांसदहरूले अस्वीकार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077