Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • शेखर अनुपस्थित भएपछि कांग्रेस कार्यसम्पादन समिति बैठक निष्कर्षविहीन

    शेखर अनुपस्थित भएपछि कांग्रेस कार्यसम्पादन समिति बैठक निष्कर्षविहीन

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 822
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक निष्कर्षविहीन भएको छ ।

    कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेता शेखर कोइराला नै अनुपस्थित रहेपछि बैठक निष्कर्षविहीन भएको हो ।



    सभापति देउवाले शुक्रबार अपराह्न ३ बजेका लागि धुम्बाराहीमा बैठक राखे पनि ढिलो गरी बैठक सुरू भएको थियो। बैठकमा कार्यसम्पादन समिति सदस्य कोइराला अनुपस्थित रहेका थिए।



    कोशी प्रदेशमा सत्ता गठबन्धनबाट माओवादीका इन्द्र आङ्बो र नेपाली कांग्रेसका ८ सांसदसहित एमालेका सांसदको समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्री दाबी गरेका छन्।

    कांग्रेसले कोशी घटनाबारे छलफल गर्न आकस्मिक रूपमा कार्यसम्पादन समिति बैठक बोलाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार