Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ चीन प्रस्थान

    एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ चीन प्रस्थान

    अनलाइन नेपाल
  • सोमबार, २९ असोज २०८०
  • 420
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन् ।

    चीनले आयोजना गर्न लागेको तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) सहभागी हुन पूर्वप्रधानमन्त्री समेत रहेका खनाल गएराति चीन प्रस्थान गरेका हुन् ।



    चीन भ्रमणका क्रममा नेता खनालले चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेताका साथै विभिन्न मुलुकबाट आउने राष्ट्रप्रमुख र विदेश विभागका प्रमुखहरुसँग भेटघाट गर्ने छन् ।



    चीनको औपचारिक भ्रमण सकेर खनाल अक्टोबर २२ अर्थात कात्तिक ५ मा नेपाल फर्कने कार्य तालिका छ । नेता खनालसँगै रविलक्ष्मी चित्रकार र प्रा.डा. युवराज संग्रौला चीन भ्रमण टोलीमा सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार