Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ट्राफिक व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै उपत्यका ट्राफिक प्रहरी पुरस्कृत

    ट्राफिक व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै उपत्यका ट्राफिक प्रहरी पुरस्कृत

    अनलाइन नेपाल
  • सोमबार, २९ असोज २०८०
  • 975
    SHARES

    काठमाडौँ । ६८ औँ प्रहरी दिवसको अवसरमा उपत्यका ट्राफिक प्रहरी कार्यालय पुरस्कृत भएको छ ।

    ट्राफिक व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै प्रहरी महानिरीक्षक वसन्त कुँवरले उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिआईजी पोषराज पोखरेललाई पुरस्कार प्रदान गरेका हुन् ।



    नेपाल प्रहरी अन्तर प्रदेश कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) मा ट्राफिक व्यवस्थापनमा उपत्यका ट्राफिक प्रहरी कार्यालय उत्कृष्ट ठहरिएको छ । कार्यदक्षता मुल्यांकनमा उत्कृष्ट ठहरिएका अन्य प्रहरी कार्यालयहरुलाई पनि पुरस्कृत गरिएको छ ।



    प्रदेश कार्यालयतर्फ नेपाल प्रदेश प्रहरी कार्यालय जनकपुर, तालिम केन्द्रतर्फ प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, गणतर्फ प्रदेश प्रहरी गण खजुरा बाँके, जिल्लातर्फ जिल्ला प्रहरी कार्यालय सुनसरी, र ईलाका तर्फ बुटवल उत्कृष्ट भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार