Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • रुसी राष्ट्रपति पुटिन ‘बेल्ट एण्ड रोड फोरम’मा सहभागी हुन पुगे बेइजिङ

    रुसी राष्ट्रपति पुटिन ‘बेल्ट एण्ड रोड फोरम’मा सहभागी हुन पुगे बेइजिङ

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 987
    SHARES

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि चीनको बेइजिङ पुगेका छन् । बेल्ट एण्ड रोड फोरममा सहभागी हुन पुटिन बेइजिङ आइपुगेका हुन् ।

    अफ्रिकी र दक्षिणपूर्वी एसियाली १३० देशको सहभागितामा आज सुरु हुने भेलामा ३० अन्तर्राष्ट्रिय संस्थाका पनि उपस्थित हुनेछन्। फोरमको राष्ट्रपति सीले उद्घाटन गर्ने छन् ।



    कार्यक्रममा सहभागी हुन चीन पुगेका विदेश मन्त्री सर्गेई लाभरोले सोमबार चिनियाँ समकक्षी वाङ यीसँग भेट गरिसकेका छन् ।

    कोभिड–१९ महामारीका कारण सन् २०१९ देखि रोकिएको फोरमको तेस्रो संस्करणले चीनको विश्वव्यापी पूर्वाधार निर्माण योजना, बेल्ट एण्ड रोड इनिसिएटिभको १० औं वार्षिकोत्सव मनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार