Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूऔषध कारोबारमा संलग्न चार जना भक्तपुरबाट पक्राउ

काठमाडौं । लागूऔषध कारोबार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्यविनायक नगरपालिका घर भएका २८ वर्षीय सुशान्त अवाल, सप्तरी घर भएका २६ वर्षीय कृष्ण कुमार दास, २७ वर्षीय दिपेन्द्र कुमार यादव र २९ वर्षीय जितेन्द्र्र कुमार रमन छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको चेकिङ टोलीले भक्तपुर नगरपालिका–२ सानेब्यासीबाट बागमती प्रदेश–०२–०३४ प २३२५ नम्बरको स्कुटरमा सवार सुशान्तलाई पक्राउ गरेको थियो ।

सुशान्त सवार स्कुटरको डिकीमा नोर्फिन ४५ एम्पुल, डाइजेपाम ४५ एम्पुल, फेनारगन ४५ एम्पुल र ६ थान सिरिन्ज भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

सुशान्तको बयानको आधारमा थप ४ जना पक्राउ परेका हुन् । आरोपीहरुबारे जिल्ला प्रहरी परिसर भक्तपुरले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077