Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सेयर बजारमा १३ अंकको वृद्धि,१ अर्ब १८ करोडको कारोबार

    सेयर बजारमा १३ अंकको वृद्धि,१ अर्ब १८ करोडको कारोबार

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 546
    SHARES

    काठमाडौं । सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । १३.१८ अंकले बढेको बजार १८६४.६२ विन्दुमा पुगेर रोकिएको हो ।

    मंगलबार व्यापार, निर्जीवन बीमा, होटल तथा पर्यटन उपसूचकको मूल्य घट्दा अन्य सबै उपसूचकको मूल्य बढेको छ ।



    यसमध्ये सबैभन्दा धेरै फाइनान्स उपसूचकको १.३० प्रतिशतले सेयर मूल्य बढेको छ । मंगलबार कुल २८९ धितोपत्रको ४५ हजार ४५६ कारोबारबाट ३८ लाख १३ हजार २३३ कित्ता सेयर किनबेच भएको छ ।



    यस दिन १ अर्ब ८४ लाख रुपैयाँको कारोबार भएको छ । एनआईबीएल प्रगति फण्डका लगानीकर्ताले सबैभन्दा धेरै ७.३५ प्रतिशतले कमाए ।

    साथै स्वेतगंगा हाइड्रोपावर, सिद्धार्थ इक्विटी फण्ड, मेगा म्युचुअल फण्ड, मिथिला लघुवित्त वित्तीय संस्थासहितका धितोपत्रको सेयर मूल्य समेत धेरैले बढेको छ ।

    मंगलबार हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै ८.५३ प्रतिशतले गुमाए । यसको मूल्य प्रतिकित्ता २६.५० रुपैयाँले घटेर २८४ रुपैयाँमा झरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार