Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सभामुख घिमिरे भन्छन् - ज्येष्ठ नागरिकको सम्मान र मर्यादामा कसैले कन्जुस्याई गर्नु हुँदैन

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ज्येष्ठ नागरिकको सम्मान र मर्यादित जिवनका लागि ज्येष्ठ नागरिक ऐनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन् ।

३३ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा समाज कल्याण परिषद् र राष्ट्रिय ज्येष्ठ नागरिक कोषको आयोजनामा आयोजित शताब्दी व्यक्तित्व सम्मान तथा ‘शताब्दी व्यक्तित्व पुस्तक’ विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

ऐनको व्यवस्था भए पनि त्यसको कार्यान्वयन हुन नसकेको बताउँदै उनले त्यसका लागि राजनीतिक दल, सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

ज्येष्ठ नागरिक समाजका अमूल्य निधि, ज्ञान र सीपका भण्डार भएकाले ज्येष्ठ नागरिकको सम्मान र मर्यादामा कसैले कन्जुस्याई गर्न नहुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077