Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • दशैंको मुखमा बढ्यो ठगी, शान्तिनगरको हरिसिद्धि पेट्रोल पम्प पनि सिल

    दशैंको मुखमा बढ्यो ठगी, शान्तिनगरको हरिसिद्धि पेट्रोल पम्प पनि सिल

    अनलाइन नेपाल
  • बिहिबार, २ कार्तिक २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । केन्द्रीय अनुगमन समितिले काठमाडौंको शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल गरेको छ । बिहीबार गरेको अनुगमनमा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि सो पम्प सिल गरिएको हो ।

    अनुगमनमा खटिएका प्रधानमन्त्री कार्यालय मातहतको हेल्लो सरकारका विभागीय प्रमुख प्रद्युम्न उपाध्यायकाअनुसार सो पम्प सिल गरिएको हो ।



    उपाध्यायका अनुसार हरिसिद्धि पेट्रोल पम्पले ५ लिटर पेट्रोल भर्दा ठिकै देखिए पनि १० लिटर भर्दा मापदण्ड भन्दा ३ एमएल कम र १० भन्दा धेरै तेल भर्दा २५ एमएलसम्म कम तेल दिने गरेको देखिएको थियो ।



    सो अनुगमन टोलीले मंगलबार र बुधबार यस्तै प्रकारको ठगीमा संलग्न ३ वटा पेट्रोल पम्प सिल गरेको थियो । मंगलबार गैरी गाउँको भ्याली आयल स्टोर सिल गरेको थियो भने बुधबार सशस्त्र प्रहरीको सञ्चालन गरेको स्वयम्भूको हलचोक फ्यूल सेन्टर कलंकीको श्यामा आयल स्टोरमा डिजेल बिक्रीमा यस्तै प्रकारको ठगी भएको फेला पारेपछि सिल गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार