Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोजाग्रत पूर्णिमामा चियापान समारोह आयोजना गर्दै नेपाली कांग्रेस

    कोजाग्रत पूर्णिमामा चियापान समारोह आयोजना गर्दै नेपाली कांग्रेस

    अनलाइन नेपाल
  • बिहिबार, २ कार्तिक २०८०
  • 561
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसले दसैँ, तिहार, नेपाल संवत्, छठ लगायतका पर्वहरूको अवसरमा कात्तिक ११ गते कोजाग्रत पूर्णिमाको दिन चियापान तथा शुभकामना आदानप्रदान समारोह आयोजना गर्ने भएको छ ।

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिपी स्मृति भवनस्थित पार्टी केन्द्रीय कार्यालयमा अपराह्न १ देखि ५ बजेसम्म सो कार्यक्रम आयोजना हुने भएको हो ।



    वि.सं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएका थिए ।



    सोही दिनमा प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाका दिनमा चियापान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार