Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

पार्टीमा विद्रोह गरेर कोशीमा मुख्यमन्त्री बनाएका डा. शेखरले भने-कोशीका कारण अरु प्रदेश र सघीय सरकारमा कुनै असर पर्दैन

काठमाडौं । लगातार १० महिनादेखि प्रयास गर्दा पनि कोशी प्रदेशले निकास नपाएपछि आफूहरुले त्यसलाई सल्टाएको भन्दै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशीका कारण अरु प्रदेश र सघीय सरकारमा कुनै असर नपर्ने बताएका छन् ।

बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले कोशी प्रदेशको परिस्थिति भिन्न रहेको बताए । उनले भने–‘अहिले पनि राप्रपाले विपक्षमा भोट हाल्यो नि १ (गठबन्धन सरकार बनाएको) त्यो बेलामा पनि भोट हालेको भए मध्यावधिमा जान्थ्यो ।’

एमालेसँग मिलेर आफ्नो समूहका केदार कार्कीलाई मुख्यमन्त्री बनाएका कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग भएको छलफलका क्रममा आफूले संसदीय दलको नेता परिर्वतन गर्न सुझाव दिए पनि नेतृत्व तयार नभएको बताए ।

पार्टी नेतृत्वले आफ्नो सुझाव नमानेपछि आफूले कार्कीलाई मुख्यमन्त्रीमा अघि सारेको कोइरालाले प्रष्ट पारे । सत्ता गठबन्धनमा दृढ रहने सहमति गरेका डा. शेखरले कोशीको असर अन्यत्र नपर्ने बताए ।

उनले भने–‘कोशीको अहिलेको परिस्थितिले केन्द्रलाई केही असर पार्दैन । कहिँ पनि केही परिर्वतन हुँदैन । कोशीको विशम परिस्थिति बुझ्नुस् ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077