Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इस्लामावाद फर्किए पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफ

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ इस्लामावाद पुगेका छन् ।

मुस्लिम लीग एनका नेता समेत रहेका शरीफ चार वर्षको आत्म–निर्वासनपछि इस्लामावाद फर्किएका हुन् ।

उनी शनिबार इस्लामाबाद अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएको बताइएको छ । उनी विमानस्थलबाट सिधै लाहौर जाने र त्यहाँ सभालाई सम्बोधन गर्ने कार्यतालिका छ ।

२०१७ जुलाईमा पाकिस्तानको सर्वोच्च अदालतले पानामा पेपर्सको मुद्दामा शरीफलाई अयोग्य घोषित गरेको थियो ।

त्यसपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077