Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बिल्बाओमाथि बार्सिलोनाको संघर्षपूर्ण जित, डेब्यू गरेको ३३ सेकेन्डमै गिउले गरे गोल

काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगामा एथ्लेटिक बिल्बाओमाथि १–० को संघर्षपूर्ण जित हासिल गरेको छ ।

मार्क गिउले सिनियर टोलीका डेब्यू गरेको मात्र ३३ सेकेन्डमा नै गोल गरेपछि बार्सिलोना विजयी भएको हो ।

१७ वर्षीय स्पेनिस फरवार्ड अर्का युवा खेलाडी फर्मिन लोपेजको स्थानमा ७९ औँ मिनेटमा मैदान प्रवेश गरेका थिए ।

मैदान प्रवेश गरेलगत्तै उनले बार्साका लागि खेलमा निर्णायक गोल गरेका थिए । जितसँगै बर्सा लिगको तेस्रो स्थानमा रहेको छ । १० खेलबाट २४ अङ्क रहेको बार्सा शीर्ष स्थानमा रहेको रियलभन्दा मात्र १ अङ्कले पछि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077