Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आज कार्तिक ७ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल कार्तिक ७ गते मंगलबारको राशिफल ।

मेष

आज शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह पनि रहला ।

मिथुन

आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना रहेको छ र त्यसबाट दीर्घकालिक फाइदा पनि पुग्नेछ ।

सिंह

आज सांस्कृतिक कार्यमा मन जानेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ, तर यात्रा भने कष्टकर रहला ।

तुला

आज जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । सभा समारोहमा सरिक हुने सम्भावना छ । न्यायिक कार्यमा सफलता पनि मिल्नेछ ।

धनु

आज मान्यजनसँग भेटघाट हुनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ, तर कुनै न कुनै कुराले मनमा खिन्नता आउनेछ ।

कुम्भ

परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

बृष

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर पनि सुन्न पाउनु हुनेछ ।

कर्कट

खर्च नियन्त्रणभन्दा बाहिर हुनेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ ।

कन्या

परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ ।

बृश्चिक

विचार पुर्याएर निर्णय लिनु राम्रो होला । नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले बिनाकारण झगडा र विवाद हुनेछ ।

मकर

आज लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।

मीन

शत्रु र प्रतिस्पर्धीले प्रतिष्ठा बिगार्ने प्रयास गर्नेछन् । विवेकले काम नगर्न सक्छ छ, सचेत रहनु होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077