Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मुर्ति बिसर्जन गर्ने क्रममा डुबेर दुई जनाको मृत्यु, एक बेपत्ता

रुपन्देही । रुपन्देहीमा खोलामा मुर्ति बिसर्जन गर्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् ।

जिल्लाको कोटहीमाई गाउँपालिका १, अमरगंज स्थित दुई मुहान खोलामा दुर्गा भवानीको मुर्ति बिसर्जन गर्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा सोही गाउँका २४ वर्षीय अजयकुमार नाउ र १८ वर्षीय अजय भर रहेका छन् । बेपत्ता हुनेमा २० वर्षीय सन्तकुमार राजभर रहेको केसी रहेका छन् ।

बेपत्ता राजभरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077