Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रभु साहले भने - नेताहरू नै कमिसनको चक्करमा लाग्दा देश विकास हुन सकेन

रौतहट । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेताहरू नै कमिसनको चक्करमा लाग्दा देश विकास हुन नसकेको बताएका छन्।

दीपावली तथा छठको शुभ अवसर पारेर क्षेत्रको प्रत्येक घरमा पुग्ने लक्ष्य अनुरूप सातौँ दिनको कार्यक्रममा बोल्दै अध्यक्ष साहले यस्तो बताएका हुन्।

अध्यक्ष साहले अवैध बाटोबाट पैसा बिदेसिएको कारण नेपालमा आर्थिक सङ्कट देखिएको बताए। उनले देशको उच्च पदमा रहेका कर्मचारीले कमिसनको नाममा पैसा उठाउने, ठुला व्यापारीहरू राजस्व छली गरी पैसा थुपार्ने, नेताहरू कमिसनको चक्करमा लाग्दा देश विकास हुन नसकेको बताए ।

उनले भने कमिसनमार्फत आएको पैसा अवैध बाटोबाट विदेश पुर्‍याउने गरिएको छ । भएको पुँजी अवैध बाटोबाट विदेश लगेपछि नेपाल कसरी समृद्ध हुन्छ? उनले जङ्गली जनावरको नियन्त्रण गर्न र पीडित किसानलाई राहत तथा क्षतिपूर्ति दिन पनि सरकारसँग माग गरे ।

अनियन्त्रित रूपमा बढ्दै गएको नीलगाई लगायतका जङ्गली जनावरले किसानको वर्षभरिको मिहिनेत पसिना माथि क्षति पुर्‍याएको कारण तत्काल नियन्त्रणको पहल गर्न तथा पीडित किसान लाई क्षतिपूर्ति दिन आवश्यक रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077