Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिरियाको सैन्य अखाडामा अमेरिकी सेनाको आक्रमण

एजेन्सी । अमेरिकाले पूर्वी सिरियाको दुई सैन्य अखाडामा आक्रमण गरेको छ ।

अमेरिकी रक्षामन्त्री लोयर्ड अस्टनले इराक र सिरियामा रहेका अमेरिकी सेनाको आत्मरक्षाका लागि हवाई आक्रमण गरेको बताएका हुन् ।

हतियार भण्डारको प्रयोग इरानी सैन्य बल र योसँग जोडिएको समूहले गर्दै आएको थियो ।

पेन्टागनका अनुसार गाजामा तनाव बढेयता सातामा इराकमा कम्तिमा १२ पटक र सिरियामा चार पटक अमेरिकी सैनिक क्याम्पमा आक्रमण भएको छ ।

ड्रोन र रकेटमार्फत भएका आक्रमणमा परी २१ अमेरिकी सैनिक गम्भीर घाइते भएका छन् । हाल इराकमा २ हजार ५०० र सिरियामा ९०० अमेरिकी सैनिक छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077