Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनलाई १५ करोड डलरको सैन्य सहायता दिने अमेरिकाको घोषणा

एजेन्सी । अमेरिकाले युक्रेनलाई १५ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।

अमेरिकाले रुसविरुद्ध लड्न हतियार र उपकरण सैन्य सहायता प्याकेजअन्तर्गत युक्रेनलाई उक्त रकम सहयोग गर्ने घोषणा गरेको हो ।

अमेरिकाको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ।

हतियार र उपकरणहरूको यो नयाँ प्याकेजमा हवाई रक्षा, तोपखाना, एन्टी–ट्याङ्क र अन्य क्षमताहरू समावेश छन् जसले रुसी आक्रमणहरूविरुद्ध आफ्नो क्षेत्रको रक्षा गर्ने युक्रेनको क्षमतालाई अझ बढाउने छ।

युक्रेनले रुसी सेनाहरू विरुद्ध आफ्नो जवाफी हमलालाई जारी राखेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अमेरिकाले युद्धग्रस्त युक्रेनका लागि आफ्नो सहयोग दोहोर्याउँदै अमेरिका र उसका सहयोगी मुलुकहरूले रुसले आफ्नो सेना फिर्ता नगरेसम्म युक्रेनलाई सहयोग जारी राख्ने बताएको छ ।

अगस्ट १४ मा अमेरिकाले युक्रेनका लागि २० करोड अमेरिकी डलरको सुरक्षा सहयोग घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077