Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोदालो प्रहार गरी छोराले गरे बुवाको हत्या

सर्लाही । सर्लाहीमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् । जिल्लाको हरिवन नगरपालिका –३, डाबरीमा कोदालो प्रहार गरी छोराले बुवाको हत्या गरेका हुन्।

घरेलु बिबादको क्रममा ८१ बर्षिय ओमप्रसाद मैनालीलाई उनका छोरा ३५ वर्षीय गोकर्ण मैनालीले कोदालो प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

घाइते भएका मैनालीको उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा बिहीबार राति १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

बुवाको हत्यामा संलग्न भई फरार भएका गोकर्णलाई शुक्रबार बिहान हरिवन नगरपालिका –४, तीनघरे लच्का क्षेत्रमा हिडडुल गरिरहेको अवस्थामा पक्राउ गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077