Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लेलेबाट १० जना जुवाडे पक्राउ, ९ लाख रुपैयाँ बरामद

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका-५, लेलेबाट १० जना जुवाडे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले लेलेस्थित नवीन सिलवालको घरमा जुवा खेलिरहेका जुवाडेलाई बिहीबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ३५ वर्षीय सुरेन्द्र महत, ३३ वर्षीय नवीन सिलवाल, ३० वर्षका श्रीकृष्ण थापा, ३० वर्षकै दिपेन्द्र थापा, ३७ वर्षीय कान्छा डंगोल, ३५ वर्षीय मनोज डंगोल,६४ वर्षीय रामकाजी महत, माधव महत, ३३ वर्षीय आशिष लामा र ४९ वर्षीय श्याम थापा रहेका छन् ।

उनीहरुको साथबाट कौडा १६ थान, तास ९ बुक, मोबाइल १० थान तथा ९ लाख २ हजार रुपैयाँ बरामद गरिएको छ । उनीहरुलाई नियन्त्रणमा लिई ललितपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी थुनामा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077