Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शंकर पोखरेलको आरोप - माओवादी नेताहरूले घरभित्र लुकेर दसैं मनाइरहेका छन्

दाङ । एमालेका महासचिव शंकर पोखरेलले माओवादी नेताहरूले घरभित्र लुकेर दसैं मनाइरहेको आरोप लगाएका छन् ।

दाङको तुलसीपुरस्थित एमाले पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो आरोप लगाएका हुन् ।

उनले भने, 'माओवादी केन्द्रले कुनै समय दसैंतिहार जस्ता चाडपर्व बहिस्कार कार्यक्रम नै चलायो । त्यो कति गलत थियो भन्ने आज देखिएको छ । जसले बहिष्कारको नेतृत्व गरे, आज उनीहरू घरभित्र लुकेर टीका लगाउनुपर्ने अवस्थामा पुगेका छन् ।'

उनले दसैं कुनै धर्म वा हिन्दुको मात्रै पर्व नभई आम नेपालीको सांस्कृतिक पर्व भएको पनि बताए । नेपाली हिन्दुले मनाए जसरी दसैं भारतीय हिन्दुले नमनाउने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077