Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेस मुख्यालयमा एमाले अध्यक्ष ओलीलाई देउवाको स्वागत

    कांग्रेस मुख्यालयमा एमाले अध्यक्ष ओलीलाई देउवाको स्वागत

    अनलाइन नेपाल
  • शनिबार, ११ कार्तिक २०८०
  • 555
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा एमाले नेताहरु पुगेका छन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरु कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका हुन् ।



    कांग्रेसले वर्षेनि कोजाग्रत पूर्णिमाको दिन पारेर चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको छ ।



    सानेपामा जारी कार्यक्रममा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्री, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू पुगेका छन् ।

    एमाले नेताहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ लगायतका नेताहरुले स्वागत गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार