Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • समूह चरणको अन्तिम खेलमा ओमानसँग नेपाल ५ रनले पराजित

    समूह चरणको अन्तिम खेलमा ओमानसँग नेपाल ५ रनले पराजित

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 858
    SHARES

    काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटमा ओमानविरुद्धको खेलमा नेपाल पराजित भएको छ ।

    बिहीबार भएको खेलमा ओमानसँग ५ नेपाल रनले पराजित भएको हो ।



    १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन जोड्यो ।



    अन्तिम ‌ओभरमा नेपाललाई २६ रन चाहिएको थियो । नेपालका कुशल भुर्तेलले २६ र विवेक यादवले ३९ रन बनाए।

    रोहित पौडेल, सन्दीप जोरा र सोमपाल कामी समान १२ रन बनाएर आउट भए। आसिफ शेखले ५ रन मात्र जोड्न सके ।

    गुल्सन झाले ३ रन बनाए । नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनल पुगेको छ । ओमान समूह विजेता बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार