Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • पीडितलाई केन्द्रमा नराखेसम्म शान्ति प्रक्रिया टुंग्याएको बहानाबाजी गर्न सकिँदैन : केपी ओली

    पीडितलाई केन्द्रमा नराखेसम्म शान्ति प्रक्रिया टुंग्याएको बहानाबाजी गर्न सकिँदैन : केपी ओली

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 420
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पीडितलाई केन्द्रमा नराखेसम्म शान्ति प्रक्रिया टुङ्ग्याउन नसकिने बताएका छन् ।

    बिहीबार संसद भवन बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    उनले पीडितलाई नै थिचोमिचो गर्ने र तरमारा वर्गको रूपमा परिणत भइसकेकाहरूलाई शान्ति प्रक्रिया टुंग्याएको बहाना गर्न नसकिने भन्दै पीडितलाई केन्द्रमा राखेर मात्रै शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्ने बताए ।



    हिंसा सुरु गरेको दिनलाई उत्सवको रूपमा मनाउन थालिएको र हिंसाको जयगान हुन थालेको भन्दै उनले आपत्ति जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार