Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेसद्वारा पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगित

    कांग्रेसद्वारा पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगित

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 348
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसले तिहारअघिका पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगित गरेको छ ।

    कांग्रेसले जाजरकोट भूकम्पका कारण सिर्जित परिस्थितिका कारण तिहारअघिका सार्वजनिक कार्यक्रम स्थगित गरेको हो ।



    तर, महासमिति सदस्य चयनको आन्तरिक कार्यक्रम भने जारी रहने छ ।



    भूकम्पका कारण ठूलो संख्यामा भएको मानवीय तथा भौतिक क्षति र सयौंको संख्यामा आम नागरिकहरु घाइते भएको घटनाले सम्पूर्ण नेपालीलाई नै शोक विह्वल र स्तब्ध बनाएको भन्दै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न सबैमा अपिल समेत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार