Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • गठबन्धन सरकारले असंवैधानिक काम गरिरहेको छ : केपी ओली

    गठबन्धन सरकारले असंवैधानिक काम गरिरहेको छ : केपी ओली

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 528
    SHARES

    जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले असंवैधानिक काम गरिरहेको आरोप लगाएका छन् ।

    वीरगञ्जमा पार्टीको मधेश प्रदेश कमिटीका निर्वाचित सदस्यहरूलाई शपथग्रहण गराउँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    अध्यक्ष ओलीले असंवैधानिक काम गरेको ठहर भइसक्दा पनि राष्ट्रपति र प्रधानमन्त्री लाज पचाएर पदमा बसिरहेको टिप्पणी गरे।



    रिगललाई आममाफी दिएको प्रसङ्ग केलाउँदै उनले भने, ‘अस्ति मात्रै सर्वोच्च अदालतले असंवैधानिक काम गरेको ठहर गर्‍यो । तर राष्ट्रपति र प्रधानमन्त्री लाज पचाएर बसेका छन् ।’

    उनले वर्तमान सरकारको असंवैधानिक कामहरूकै कारण लोकतान्त्रिक प्रणाली निरर्थक साबित भइरहेको बताए ।

    उनले ठूलो संघर्षपछि देशमा लोकतान्त्रिक गणतन्त्र ल्याएको भन्दै त्यसको सही ढंगले प्रयोग गर्नुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले कतिपय ठाउँका जनता आतङ्कित बनेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार