Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • भूकम्प पीडितको उद्धार तथा खोजमा सरकारलाई सघाउन एमाले तत्पर छ : केपी ओली

    भूकम्प पीडितको उद्धार तथा खोजमा सरकारलाई सघाउन एमाले तत्पर छ : केपी ओली

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 510
    SHARES

    पर्सा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तदारुकताका साथ भूकम्प पीडितलाई राहतको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उद्धार तथा खोजमा सरकारलाई सघाउन आफ्नो दल तत्पर रहेको बताएका छन् ।

    नेकपा एमालेको मधेश प्रदेश समितिका नवनिर्वाचित पदाधिकारीहरूको शपथ समारोहलाई आज पर्साको वीरगन्जमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    उनले भूकम्पमा परी घाइते भएकाको उद्धार तथा उपचार एवम् राहत सामग्री वितरणमा आफ्नो ध्यान केन्द्रित गर्न सरकारसँग आग्रह गरे ।



    यस्तै पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई इमान्दारीका साथ आफ्नो जिम्मेवारी पूरा गर्न आह्वान गर्दै अध्यक्ष ओलीले सबैले दत्तचित्त भएर देश र जनताका निम्ति काम गरेमा आउँदो चुनावमा बहुमत प्राप्त गर्न सकिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार