Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाकिस्तानी प्रधानमन्त्री कक्कडले भने - नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार छौं

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री अन्वर उल हक कक्कडले भूकम्पमा नेपालको साथमा रहेको बताएका छन्।

पाकिस्तानी प्रधानमन्त्री कक्कडले यस दुःखद घडीमा पाकिस्तान नेपालको साथमा रहेको बताएका हुन् ।

प्रधानमन्त्री कक्कडले भनेका छन्, ‘नेपालमा गएको भूकम्पमा परी अमूल्य जीवन र सम्पत्तिको क्षति भएकाहरूका लागि प्राथना गर्दछौँ । यस दुःखद घडीमा पाकिस्तान नेपालको साथमा छ र जस्तोसुकै सहयोग गर्न तयार छ ।’

यस्तै पाकिस्तानका विदेशमन्त्री जलील अब्बास जिलानीले पनि भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

त्यस्तै पाकिस्तानी पिपुल्स पार्टीका अध्यक्ष तथा पूर्व विदेशमन्त्री बिलावल भुट्टो जरदारीले पनि भूकम्पबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077