Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेसले बनायो महामन्त्रीद्वय गगन र विश्वप्रकाशको संयोजकत्वमा भूकम्प सहजीकरण समिति

    कांग्रेसले बनायो महामन्त्रीद्वय गगन र विश्वप्रकाशको संयोजकत्वमा भूकम्प सहजीकरण समिति

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 432
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा भूकम्प प्रभावित क्षेत्रको अनुगमन तथा सहजीकरण समिति गठन गरेको छ।

    सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उक्त निर्णय गरेको हो ।



    जाजरकोट भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा जानेदेखि राहत वितरणमा सहजीकरणका लागि महामन्त्रीद्वयको सं‌योजकत्वमा समिति गठन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।



    महामन्त्रीद्वय चाँडै भूकम्प प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा जाने भएका छन् ।

    राहत वितरणमा अनियमितता र पक्षपात नहोस् तथा विपन्नको पुनर्वासमा पनि समानता होस् भन्नेमा कांग्रेस गम्भिर भएकाले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख विश्वकर्माको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार