Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जाजरकोट भूकम्प प्रभावितलाई राप्रपाले २५ लाख दिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जाजरकोट भूकम्प प्रभावितहरूलाई सहयोग गर्न २५ लाख रकम सरकारलाई दिने भएको छ ।

आइतबार बसेको सो पार्टीको केन्द्रीय पदाधिकारी बैठकले पार्टीका तर्फबाट २५ लाख दिने निर्णय गरेको हो ।

राप्रपाले प्रदेश तथा सङ्घीय सांसदको एक महिनाको तलब सरकारको दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

साथै सो पार्टीले भूकम्प प्रभावित क्षेत्रमा उद्धार गर्न पार्टीका तर्फबाट सहयोग गर्न जाजरकोटका लागि सांसद ज्ञानबहादुर शाही र रुकुम पश्चिमका लागि सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णय गरेको छ ।

गत शुक्रवार राती जाजरकोट केन्द्रबिन्दु बनाएर आएको भूकम्पका कारण १५७ जनाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077