Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भूकम्प पीडितका लागि भाटभटेनीद्धारा १ करोड ११ लाख १ हजार १११ रुपैया सहयोग हस्तान्तरण

काठमाडौं । भाटभटेनी सुपर स्टोरले जाजरकोट र रुकुममा गएको विनासकारी भूकम्पबाट क्षति भएकाको उद्धार र राहतका लागि एक करोड ११ लाख एक हजार १११ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेक हस्तान्तरण गरेका हुन् ।

दाहालले भाटभटेनीका अध्यक्ष गुरुङले प्रदान गरेको चेक लिँदै कर्पोरेट क्षेत्रबाट पहिलोपटक यसरी सहयोग प्रदान गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।

अध्यक्ष गुरुङले जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा परी आफ्नो तथा आफन्तको ज्यान गुमाउने नेपाली दिदीबहिनीप्रति समवेदनासमेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077