Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कर्णाली प्रदेशका सबै मन्त्रीहरु भूकम्प प्रभावित क्षेत्रमा खटिने

सुर्खेत। कर्णाली प्रदेश सरकारको सिंगो मन्त्रीपरिषद्को टोली भूकम्प प्रभावित क्षेत्रमा खटिने भएको छ।

प्रदेश सरकारका मन्त्रीहरूबीच सोमबार प्रभावितको व्यवस्थापनबारे छलफल भएको थियो। छलफलबाट केही मन्त्री भूकम्प प्रभावित क्षेत्रमा बसेर समन्वय गर्ने निर्णय भएको हो।

आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह जाजरकोट जाजरकोटमा बस्ने छन्। कृषि मन्त्री भीम शर्मा रूकुम पश्चिम र सल्यानमा रहेर काम गर्नेछन्।

मुख्यमन्त्री राजकुमार शर्मा पनि भूकम्प प्रभावित क्षेत्रमै केही दिन खटिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

अन्य मन्त्रीहरूले सुर्खेतमै बसेर निरन्तर भूकम्प प्रभावितहरूको व्यवस्थापनको लागि समन्वय गर्ने निर्णय भएको छ। आ-आफ्नो कार्य क्षेत्रअनुसारको सबै मन्त्रीलाई व्यवस्थापन तथा समन्वयको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077