Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सेयर बजारमा २१ अंकको वृद्धि

    सेयर बजारमा २१ अंकको वृद्धि

    अनलाइन नेपाल
  • सोमबार, २० कार्तिक २०८०
  • 609
    SHARES

    काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से अघिल्लो दिनको तुलनामा २१.३० अंक बढेर १८४७ विन्दु कायम भएको हो ।

    कुल १९९ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने १२ को स्थिर रह्यो । सोमबार कारोबार खुलेदेखि नै बजार बढेको हो ।



    दिनभर कुल ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि आइतबार ९७ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।



    यस दिन होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै ३.७३ प्रतिशत बढ्यो । नेपालमा पर्यटकको संख्या बढेकाले होटलहरुको वित्तीय विवरण राम्रो आउने आशमा लगानीकर्ता यस क्षेत्रमा आकर्षित देखिएका छन् ।

    होटलमा पनि सोल्टीको मूल्य ५.८ प्रतिशत बढ्यो भने सिटी होटलको ५.६, ओरियन्टल होटलको ३.८८ प्रतिशत मूल्य बढ्यो । होटलका अलवा अरु सबै क्षेत्रका उपसमूह बढेका छन् ।

    बैंकिङ ६, विकास बैंक ४२, फाइनान्स १३, होटल तथा पर्यटन १८१, जलविद्युत् २५, जीवन बीमा ११३, उत्पादन तथा प्रशोधन ६६, लघुवित्त ९, निर्जीवन बीमा २२१, अन्य २६ र ब्यापार उपसमूह ६९ अंक बढे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार