Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वकप छनोटको दोस्रो खेल नेपालले यमनसँग खेल्ने

काठमाडौं । विश्वकप छनोटको समूह दोस्रो चरणको दोस्रो खेलमा नेपालले यमनसँग प्रतिष्पर्धा गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले पत्रकार सम्मेलन गर्दै नेपाल र यमनबीचको खेल मंसिर ५ गते बेलुकी ७ बजे दशरथ रंगशालामा हुने जानकारी दिएको हो ।

त्यसअघि दोस्रो चरणको पहिले खेल नेपालले कार्तिक ३० गते यूएईसँग उसकै घरेलु मैदानमा खेल्ने छ ।

यमनविरुद्ध दशरथ रंगशालामा हुने खेलको टिकट मुल्य साधारण प्यारापिटतर्फको टिकट मुल्य ४ सय र भीआईपी प्यारापिटतर्फको टिकट मुल्य १ हजार रुपैयाँ निर्धारण गरेको एन्फाले जनाएको छ ।

टिकट एन्फा आफैले व्यवस्थापन गरि बिक्री वितरण गर्ने बताईएको छ । खेलका लागि यमनको राष्ट्रिय टोलीलाई च्यासल रंगशालामा प्रशिक्षको व्यवस्था मिलाइएको छ भने प्रतियोगीताको अनुमानीत बजेट ७३ लाख ६८ हजार ४ सय रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077