Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रेस्टुरेन्टबाट सात जना जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले बुढानिलकण्ठ नगरपालिका-११ कपन खरिबोटस्थित सुलभ नमस्ते रेस्टुरेन्ट एण्ड स्नोकर हाउसबाट जुवातास खेलिरहेको ७ जनालाई पक्राउ गरेको छ ।

उक्त स्नोकर हाउसमा ओखर खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले ललितपुर गोदावरी घर भई हाल काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-८ बस्ने ३५ वर्षीया मिरू तामाङ समेत ७ जनालाई नगद २३ हजार ६ सय ८० रुपैयाँ र ८ दाना ओखरसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरी वृत्त बौद्धबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077