Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दोहोरो अंकले बढ्यो नेप्से, झण्डै १ अर्बको कारोबार

    दोहोरो अंकले बढ्यो नेप्से, झण्डै १ अर्बको कारोबार

    अनलाइन नेपाल
  • मंगलबार, २१ कार्तिक २०८०
  • 537
    SHARES

    काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ ।

    अघिल्लो दिन २१ अंकमाथिले बढेको नेप्से सूचक मंगलबार थप ११.२२ अंकले बढ्दै १८५८.७६ अंकमा उक्लिन पुगेको हो ।



    सोमबार कुल ९३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ९९ करोड ६५ लाख रुपैयाँको भयो ।



    यस दिन निर्जीवन बीमाबाहेकका सबै उपसमूहका सूचक बढे । सो उपसमूह भने १७ अंक घट्यो ।

    प्रतिशतका आधारमा लगानी उपसमूह सबैभन्दा धेरै १.५१ प्रतिशतले बढ्यो ।

    बैंकिङ २, विकास बैंक १५, फाइनान्स १९, होटल तथा पर्यटन ४०, जलविद्युत् ७, जीवन बीमा ११३, उत्पादन तथा प्रशोधन ४७, लघुवित्त २१, अन्य १८ र ब्यापार उपसमूह २० अंक बढे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार