Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • फेरि सर्‍यो कांग्रेस महासमिति बैठक, अब नयाँ मिति पुस १६ देखि १९

    फेरि सर्‍यो कांग्रेस महासमिति बैठक, अब नयाँ मिति पुस १६ देखि १९

    अनलाइन नेपाल
  • मंगलबार, २१ कार्तिक २०८०
  • 582
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ ।

    मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।



    बैठक पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने कांग्रेस नेता मीनबहादुर विश्वकर्माले बताए ।



    सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा गत आइतबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले पुस २९, ३० र पुस १ र २ गते महासमिति बैठक गर्ने निर्णय गरेको थियो।

    त्यसअघि मंसिर १३ गतेदेखि १५ गतेसम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिबाट निर्णय भएको थियो।

    मंसिरको १३—१५ सम्म बैठक बस्ने भनेपनि सफल नभएको र आइतवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिरको २९ देखि पुसको २ गतेसम्म गर्ने भनेपनि चाडपर्वको कारण पुनः सार्नुपरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार