Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति पौडेलले भने - वास्तविक भूकम्प पीडित ठगिने अवस्था नआओस

रुकुम । राष्ट्रपति रामचन्द्र पौडेलले राहत वितरणमा वास्तविक भूकम्प पीडित ठगिने अवस्था नआओस भनेर सचेत हुनुपर्ने बताएका छन् ।

भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न रुकुम पश्चिम पुगेका राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

राष्ट्रपति पौडेलले भूकम्प पीडितको राहत वितरणका लागि सही र वास्तविक तथ्याङ्क संकलमा जोड दिए ।

राष्ट्रपति पौडेलले लोकतान्त्रिक सरकार जनताप्रति उत्तरदायी भएकाले पूर्ण रुपमा विपद सामनामा साथ दिने विश्वास व्यक्त गरे ।

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति पौडेल मंगलबार बिहान जाजरकोट पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077