Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

लुम्बिनी विकास कोषद्धारा भूकम्प प्रभावितका लागि २५ लाख सहयोग हस्तान्तरण

लुम्बिनी । भूकम्प प्रभावितका लागि लुम्बिनी विकास कोषले २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

बुधबार कोष अध्यक्ष एव संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले २५ लाखको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका हुन् ।

कोषका तर्फबाट भूकम्प प्रभावितहरूलाई तत्काल राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि चेक रकम हस्तान्तरण गरेको उपाध्यक्ष डा. लामाले जानकारी दिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेका कोषसहित पशुपति क्षेत्र विकास कोष, नेपाल वायु सेवा निगम, पर्यटन बोर्डबाट प्राप्त सहयोग रकम प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077