Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेकपा एमालेमा ६ जना केन्द्रीय सदस्यको पद रिक्त

काठमाडौं । नेकपा एमालेले जेठ मसान्तभित्र जिल्ला अधिवेशन गरिसक्न समयसीमा बढाएको छ।

यसअघि माघ मसान्तसम्म जिल्ला अधिवेशन गर्न सर्कुलर गरेको एमालेले उक्त मिति सार्दै जेठ मसान्तसम्म पुर्‍याएको हो ।

सचिवालय बैठकले जेठ मसान्तभित्र जिल्ला अधिवेशन सक्नेगरी मिति परिमार्जन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेले यसअघि चैत मसान्तभित्रमा वडा तहका कमिटीहरूको अधिवेशन गरिसक्न मातहतका कमिटीलाई परिपत्र गरेको थियो।

बैठकमा प्रदेश अधिवेशनमा उम्मेदवार भएका ६ जना केन्द्रीय सदस्यको पद रिक्त भएको जानकारी गराइएको थियो ।

लुम्बिनी प्रदेश अध्यक्षमा पराजित हरि रिजाल, बागमतीमा प्रदेश अध्यक्ष बनेका कैलाश ढुंगेल र पराजित कृष्णप्रसाद दाहालको केन्द्रीय सदस्य रिक्त भएको हो।

त्यस्तै गण्डकीमा प्रदेश अध्यक्षमा उम्मेदवार भई पराजित मायानाथ अधिकारी, कर्णालीमा प्रदेश अध्यक्ष बनेका गुलाबजंग शाह र कोशी प्रदेशमा अध्यक्षका प्रत्यासी बनेका विनोद ढकालको पद केन्द्र्रीय सदस्य रिक्त भएको हो।

एमालेको विधानको धारा ६७ (४) मा कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्य पदमा उम्मेद्वार भएमा पद रिक्त भएको मानिने छ। एमालेको प्रदेश अध्यक्षहरू पदेन केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077