Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ स्थगित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनमा आजलाई तोकिएको पेशी स्थगित भएको छ ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरुले ‘रिहा हुन पाऊँ’ भनी दर्ता गरेको निवेदनमाथि उच्च अदालतले सुनुवाइ स्थगित गरेको हो ।

न्यायाधीशहरु मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको इजलासमा मुद्दाको पेशी परेको थियो । तर सुनुवाइ स्थगित भएको छ ।

जिल्ला अदालत काठमाडौंले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउनु भनी आदेश गरेका आरोपितहरु त्यसको बदरको माग गरेर उच्च अदालत पुगेका थिए । धरौटीमा छुटेकाहरुलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग राखी सरकारी वकिल कार्यालयले पनि निवेदन दिएको छ ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएर जिल्ला अदालत काठमाडौंको आदेशले थुनामा परेका १६ जना नै त्यो आदेश बदर हुनुपर्ने माग राखी उच्च अदालत गएका थिए ।

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नरेन्द्र केसी,टेक नारायण पाण्डे,सानु भण्डारी,आङदावा शेर्पा,डा.इन्द्रजित राई,हरिभक्त महर्जन,लक्ष्मी महर्जन,सन्देश शर्मा,शम्शेर मिया र गोविन्द चौधरीलगायत २० जनाले रिट दायर गरेका थिए।

जिल्ला अदालतको फैसलाविरुद्ध केसी र पाण्डेले साउन १२ गते र बाँकीले साउन १७ गते उच्चमा रिट दायर गरेका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड,पूर्वउपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीलगायत १८ जना पक्राउ परेका छन्। हाल उनीहरू पुर्पक्षका लागि थुनामा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077