Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एन्फाको विशेष साधारण सभामा मतदान सुरु

हेटौंडा। अखिल नेपाल फुटबल संघ (एन्फा)को मतदान प्रक्रिया सुरु भएको छ ।  विशेष साधारणसभा उदघाटन सत्र नभई सिधै मतदान प्रक्रिया सुरु भएको हो ।

एन्फाका बहुमत सदस्यले गत भदौमा वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै विभिन्न १९ आरोपसहित अध्यक्ष नेम्वाङसहित महासचिव किरण राईलाई बर्खास्तीको माग गर्दै एन्फामा निवेदन पेश गरेका थिए ।

तर अध्यक्ष नेम्वाङले आफू मात्र बर्खास्तीको प्रस्तावको सामना गर्ने निर्णय गर्दै विशेष साधारण सभामा उक्त एजेन्डा लगेका थिए । साधारणसभामा एन्फा अध्यक्ष नेम्वाङले विशेष साधारण सभामा बोलेपछि मुख्य एजेण्डा रहेको अविश्वासको प्रस्तावमाथि पनि छलफल हुनु अगाडि प्रस्तावकको तर्फबाट कर्माछिरिङ शेर्पा बोल्न खोजेका थिए ।

तर बोल्न नपाएपछि अविश्वासको प्रस्ताव लैजाने पक्षधरले नाराबाजी गरेका थिए । विशेष साधारणसभामा एसियाली फुटबल महासंघ र विश्व फुटबल महासंघका प्रतिनिधिको समेत उपस्थिति रहने साधारणसभामा देशभरका ४८ जिल्ला शाखाका प्रतिनिधिहरुको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077