Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पृथ्वीनारायणले राज्य एकीकरण गरेपछिको सबैभन्दा ठूलो कर्म जनयुद्ध नै हो : प्रधानमन्त्री प्रचण्ड

    पृथ्वीनारायणले राज्य एकीकरण गरेपछिको सबैभन्दा ठूलो कर्म जनयुद्ध नै हो : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, २३ कार्तिक २०८०
  • 711
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेपछि अर्को ठूलो जनताको स्तरबाट भएको विद्रोह जनयुद्ध भएको दाबी गरेका छन् ।

    पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको पुस्तक ‘यात्रा जिन्दगी’ लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले पार्टीभित्रका सबै साथीहरुको टीम नभएको भए यति ठूलो परिवर्तन सम्भव नहुने बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘जनयुद्धको त्यसको फिलोसफी, त्यसभित्र लिएका ट्याक्टिस र पोलिसी, त्यतिबेला अपनाइएका कार्यशैली, आचारसंहिता, त्याग तपस्या गरेका थियौं। कुनै तलब सुविधा लिएर होइन। पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेपछि अर्को ठूलो जनताको तहबाट गरिएको महान विद्रोह र पहलकदमी थियो यो । तर, यो आधिकारिक प्रमाणित हुन बाँकी छ ।’



    प्रधानमन्त्री प्रचण्डले पहिले माओवादी नेताभन्दा सिंह जुरो पलाएको अपराधी चित्रण गरिने गरेको स्मरण गरे ।

    प्रचण्डले पृथ्वी जयन्तीमा आफू प्रधानमन्त्री भएको बेलामा बिदा दिने निर्णय गर्दा आफूलाई खुशी र गर्व लागेको सुनाए ।

    प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवसलाई बिदा दिने निर्णयप्रति विभिन्न टीकाटिप्पणी हुने गरे पनि त्यसलाई कसैले दबाउन नसक्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार