Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जनयुद्धलाई कसैले दबाउन नसक्ने प्रधानमन्त्री प्रचण्डको दाबी

    जनयुद्धलाई कसैले दबाउन नसक्ने प्रधानमन्त्री प्रचण्डको दाबी

    अनलाइन नेपाल
  • बिहिबार, २३ कार्तिक २०८०
  • 597
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धलाई कसैले दबाउन नसक्ने बताएका छन् ।

    बिहीबार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’ को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले जनयुद्धलाई जति दबाउन खोजे पनि पटक–पटक उठिराख्ने बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘पृथ्वीनारायण शाहको एक खालको कर्म पछिको ठुलो कर्म नेपाली जनताले अगाडी ल्याएको जनयुद्ध नै हो । त्यसलाई अहिले जति दबाउन खोजे पनि इतिहासमा पटक–पटक त्यो उठिराख्छ । त्यो चिहानबाट फेरि उठ्छ । किनभने हजारौँ मान्छेहरूले आफूखुसी बलिदान गरेको आन्दोलनलाई कसैले दबाएर अहिले एकछिन दबाइयो भनेपनि फेरि उठ्छ त्यो।’

    प्रधानमन्त्री प्रचण्डले कार्ल मार्क्सले महान् उद्देश्यको निम्ति समर्पित भएर त्याग गर्ने सहिदहरू कहिल्यै नमर्ने भनेको स्मरण गर्दै अहिले एकछिन दबाइएर चिहानमा पुरिए पनि चिहानबाट फेरि ती जाग्ने र जिउँदा मान्छेका निम्ति प्रेरणा भएर फेरि आउने बताए ।

    उनले जनयुद्ध पृथ्वीनारायण शाहको राज्य एकीकरणपछि दोस्रो ठुलो जनताको तहबाट भएको विद्रोह र पहलकदमी भएको भन्दै सोही कारण आफूले शाहको जन्म जयन्तीका दिन बिदा दिने निर्णय गर्न आँट गरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार