Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड र आर्सनल विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र आर्सनल विजयी भएका छन् । शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले लुटन टाउनलाई १–० गोलले पराजित गरेको हो ।

युनाइटेडका भिक्टर लिन्डेलफले खेलको ५९औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै युनाइटेड १२ खेलमा २१ अङ्कका साथ तालिकाको छैठौँ स्थानमा उक्लिएको छ ।

यस्तै अर्को खेलमा आर्सनलले बर्नलीलाई ३–१ गोलले हरायो । आर्सनलका लेयान्ड्रो ट्रोसार्ड, विलियम सालिबा र ओलेक्जेन्डर जिन्चेन्कोले गोल गरे । बर्नलीका जोस ब्राउनहिलले एक गोल फर्काए ।

जितसँगै आर्सनल १२ खेलमा २७ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । अरु खेलमा टोटनहम उल्भ्ससँग पराजित हुँदा एभर्टनले क्रिस्टल प्यालेसलाई र बर्नमाउथले न्यूक्यासललाई पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077