Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • चोरी शिकारीको आरोपमा सुर्खेतबाट ४ जना पक्राउ

    चोरी शिकारीको आरोपमा सुर्खेतबाट ४ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २६ कार्तिक २०८०
  • 840
    SHARES

    संकेतिक तस्विर

    सुर्खेत । चोरी शिकारीको आरोपमा ४ जना पक्राउ पक्राउ परेका छन्।

    बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको देवीदत्त गण तथा निकुञ्ज कार्यालयबाट गरिएको संयुक्त अपरेसनका क्रममा सुर्खेतबाट वन्यजन्तुको सुकुटी लगायत बन्दुकसहित ४ जना पक्राउ परेका हुन्।



    पक्राउ पर्नेमा सुर्खेत बराहताल गाउँपालिका-१ का ६६ वर्षीय गमन वली, ४३ वर्षीय श्यामबहादुर वली, ३८ वर्षीय चन्द्रबहादुर वली र ३८ वर्षीय दिलबहादुर वली रहेका छन् । सुर्खेत जिल्लाको वराहताल गाउँपालिका-१ तेलपानीस्थित आफ्नै निवासबाट उनीहरूलाई पक्राउ गरिएको हो।



    उनीहरूको साथबाट २ वटा भरुवा बन्दुक, ४० किलोभन्दा बढी जरायो जस्तो देखिने जंगली जनावरको सुकुटी तथा २ वटा जरायोको सिङ लगायत अन्य अखेटोपहार बरामद गरेको संरक्षण कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार