Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रौतहटमा अज्ञात समूहद्वारा लुटपाट

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित पूर्वटोलमा अज्ञात समूहले सोमबार बिहान लुटपाट गरेको छ ।

लुटेराकव आक्रमणमा परि घरधनीसहित २ घाइते भएका छन् । चन्द्रपुर–५ स्थित सोनेलाल चौधरीको घरमा बिहान २ बजेको समयमा लुटपाट भएको हो ।

घटनामा संलग्न रहेको आरोपमा केहीलाई नियन्त्रणमा लिए पनि प्रहरीले सार्वजनिक गरेको छैन । केही समूहमा आएका व्यक्तिले लुटपाटको क्रममा चौधरीका श्रीमती कान्ती चौधरी र छोरी नीकम चौधरीमाथि आक्रमण गरि घाईते बनाएको छ।

लुटेरा समुहले लक्ष्मीपूजाको लागी राखेको नगद १ लाख ४५ हजार, १४ तोला सुन, ५४ तोला चादी र २ वटा मोबाईल लुटेर लगेको पीडित चौधरीको भनाई छ ।

लुटेरा समुहको आक्रमणमा परि घाईतेको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनायो । लुटेरा समूहले घरको गेटमा लगाएको ताल्चा फुटाएर एक्कासी आक्रमण गरेको पीडित परिवारले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077