Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • रौतहटमा अज्ञात समूहद्वारा लुटपाट

    रौतहटमा अज्ञात समूहद्वारा लुटपाट

    अनलाइन नेपाल
  • सोमबार, २७ कार्तिक २०८०
  • 1K
    SHARES

    सांकेतिक तस्विर

    रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित पूर्वटोलमा अज्ञात समूहले सोमबार बिहान लुटपाट गरेको छ ।

    लुटेराकव आक्रमणमा परि घरधनीसहित २ घाइते भएका छन् । चन्द्रपुर–५ स्थित सोनेलाल चौधरीको घरमा बिहान २ बजेको समयमा लुटपाट भएको हो ।



    घटनामा संलग्न रहेको आरोपमा केहीलाई नियन्त्रणमा लिए पनि प्रहरीले सार्वजनिक गरेको छैन । केही समूहमा आएका व्यक्तिले लुटपाटको क्रममा चौधरीका श्रीमती कान्ती चौधरी र छोरी नीकम चौधरीमाथि आक्रमण गरि घाईते बनाएको छ।



    लुटेरा समुहले लक्ष्मीपूजाको लागी राखेको नगद १ लाख ४५ हजार, १४ तोला सुन, ५४ तोला चादी र २ वटा मोबाईल लुटेर लगेको पीडित चौधरीको भनाई छ ।

    लुटेरा समुहको आक्रमणमा परि घाईतेको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनायो । लुटेरा समूहले घरको गेटमा लगाएको ताल्चा फुटाएर एक्कासी आक्रमण गरेको पीडित परिवारले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार