Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सभामुख घिमिरेको विश्वास - नेपाल संवतले आपसी सद्‌भाव अभिवृद्धि गर्न प्रेरित गर्नेछ

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल संवतले नेपालीहरुबीच सामाजिक एकता, सहिष्णुता तथा आपसी सद्‌भाव अभिवृद्धि गर्न प्रेरित गर्ने बताएका छन् ।

नेपाल संवत १११४ को उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । मंगलबार एक वक्तव्य जारी गरी सभामुख घिमिरेले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, समृद्धि सुस्वास्थ्यको कामना गरे ।

‘नेपालको मौलिक संवतको रुपमा रहेको नेपाल संवतले नेपालीहरुबीच सामाजिक एकता, सहिष्णुता तथा आपसी सद्‌भाव अभिवृद्धि गर्न प्रेरित गर्ने विश्वास लिएको छु,’ सभामुख घिमिरेले भनेका छन् ।

नेपाल संवतका प्रवर्तक शंखधर साख्वा भएको स्मरण गर्दै उनले नेपालका विपन्न जनताको ऋण तिरेर ऋणमुक्त बनाएको दिनको सम्झनामा यो संवत थालिएको बताएका छन्।

सभामुख घिमिरेले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ,‘नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, दोलखा लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाइने भए पनि यो संवत सिंगो नेपाल नेपालीको सम्पत्ति हो ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077